उनको सहकारीको साधारण सभा सम्पन्न

 दाङ्ग (गढवा)- २७ असोज। हेमराज शर्मा

ad

स्वास्थ्य मापदण्ड अपनाउदै उनको बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकि अध्यक्ष रिना चौधरीको अध्यक्षता र क्रियटिङ पोसिविलिटिज नेपालका निर्देशक दिनेशराज सापकोटाको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा सापकोटाले उनको बचत तथा ऋण सहकारी संस्थाले देउखुरीमा अत्यन्तै प्रभावकारी ढङ्गले काम गरेको बताउदै आगामि दिनहरु अँझ कठिन रहेता पनि प्रभावकारितासँग काम गर्ने आशा व्यक्त गर्नुभयो ।

ad


कार्यक्रममा संस्थाको  आ ब २०७६ -७७ को प्रगति प्रतिवेदन अध्यक्ष रिना चौधरी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष बबिता चौधरीले प्रस्तुत गर्नुभएको थियो । यसै बीच संस्थाले नियमित बचत गर्ने २ जना र सहकारीको नीति नियममा रही ऋणको सही सदुपयोग गरी व्यवसायमा संलग्न ३ जना असल ऋणिहरूलाई प्रोत्साहन स्वरुप प्रमाणपत्र र पुरुस्कार सहित सम्मान पनि गरेको छ । 
संस्थाले यस वर्ष नौं सदस्यीय पुरानै कार्यसमितिलाई निरन्तरता दिने जनाएको छ ।

ad

जसको अध्यक्षमा रिना चौधरी, उपाध्यक्ष रामकुमारी चौधरी, सचिव सुनिता चौधरी, कोषाध्यक्ष बबिता चौधरी, सदस्यहरू कल्पना चौधरी, इन्द्रा चौधरी, इन्द्रा कुमारी चौधरी, सन्तरामि चौधरी र कृष्णा कुमारी खड्का रहनु भएको आमा समूह संयोजक सरिता चौधरीले जानकारी दिनुभयो । संस्थाकि सचिव सुनिता चौधरीको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सञ्चालन व्यवस्थापक जुनु चौधरीले गर्नुभएको थियो ।

ad

तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु