एक हजारमा कोरोना परीक्षण, १५ मिनेटमा नतिजा

काठकाडौं – २७ , असोज। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चौथो पटक परिमार्जन गरेको ‘नेशनल टेस्टिङ गाइलाइन’ स्वीकृत भएको छ। कोरोना परीक्षण लागि एन्टिजेन बेस्ट टेस्ट सुरू गरेसँगै गाइडलाइन परिमार्जन भएको मन्त्रालयले जनाएको छ।

ad

एन्टिजेन बेस्ट टेस्ट छिटो र धेरै जनाको टेस्ट गर्नको लागि प्रयोग गर्न सकिने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। उनका अनुसार एन्टिजेन बेस्ट टेस्टको शुल्क १ हजार रहेको छ। ‘एन्टिजेन बेस्ट टेस्टको शुल्क अधित्तम १ हजारसम्म लिन पाइने छ’, डा. गौतमले भने, ’सो शुल्क समयअनुकल परिमार्जन हुँदै जानेछ।’

ad

डा. गौतमका अनुसार एन्टिजेन बेस्ट टेस्टको लागि एफडिए, युइएबाट मान्यता प्राप्त किटहरू प्रयोग गर्न पाइने छ। त्यसैगरी, स्वास्थ्य सेवा विभागबाट स्वीकृत भएका किट मात्र सुचीकृत हुनुपर्ने छ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुमति प्राप्त गरेको प्रयोगशालाले मात्र एन्टिजेन बेस्ट गर्न पाउनेछन्। परीक्षणको नतिजा पोजेटिभ आएका काठमाडौंका हकमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र सम्बन्धित स्वास्थ्य कार्यलय वा व्यक्तिलाई दिनुपर्ने मन्त्रालयले जनाएको छ। त्यस्तै, रिर्पोट आएमा नेगेटिभ सम्बन्धित व्यक्तिलाई दिनुपर्ने गाइलाइनमा उल्लेख गरिएको छ। कस्ता व्यक्तिले परीक्षण गर्न पाउँछन्

ad

एकै पटक धेरै जनामा परीक्षण गर्नुपरेमा (मास स्क्रिनिङ), अस्पतालमा उपचारका क्रममा तुरुन्तै कोरोना रिपोर्ट चाहिएमा र धेरै व्यक्तिहरू बस्ने ठाउँमा जस्तोः ब्याकेर, जेल, वृद्धाश्रम) आदिमा ठाउँमा एन्टिजेन बेस्ड टेस्ट गरिने गाइलाइनमा उल्लेख गरिएको छ। एन्टिजेन बेस्ड टेस्ट गर्दा पोजिटिभ आएमा उक्त रिपोर्टलाई पोजिटिभ नै मान्ने र नेगेटिभ आएमा त्यो व्यक्तिमा लक्षण छ कि छैन निर्क्यौल गरी लक्षण भएको भएमा आइसोलेसनमा राखी पिसिआर जाँच गरिने गाइनलाइनमा जनाइएको छ। तर, त्यहाँ एन्टिजेन बेस्ड टेस्टको पुनः नगरिने भएमा मात्र पिसिआर जाँच हुनेछ। उक्त समयमा पोजिटिभ रिपोर्ट आएमा संक्रमितलाई आइसोलेसनमा राख्ने, उपचार गरिने छ भने नेगेटिभ आएमा अन्य कारणहरू खोजी गर्ने र उपचार गर्ने गाइडलाइनमा उल्लेख छ।

ad

तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु