सांसद डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमन पुष्टि

फाइल तस्बिर

दाङ , असोज २७ ।नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका सांसद डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमन पुष्टि भएको छ ।

ad

बाँकेस्थित भेरी अस्पतालमा भर्ना भएका प्रदेश सांसद चौधरीलाई त्यही गरिएको पिसिआर परीक्षणका क्रममा गएराति संक्रमन पुष्टि भएको हो ।

ad

लुम्बिनी प्रदेशका लेखा समितिमा सभापति समेत रहेका चौधरीलाई सुगर र निमिनियाको समस्या देखिएपछि आइतवार राति भेरी अस्पतालको आइसियूमा भर्ना भएका थिए ।
प्रदेश सांसद चौधरीको स्वास्थ्यमा मंगलवार क्रमिक रुपमा सुधार आएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

ad

चौधरीका चालक र सुरक्षाकर्मीलाई कोरोना संक्रमन पुष्टि भएपछि यो भन्दा अगाडि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणका क्रममा सांसद चौधरीको रिपोर्ट नेगेटिभ आएको थियो ।

ad

तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु