स्कुल जाने वालवालिकामा कोरोना संक्रमण, गम्भीर छैनन पालिकाहरु

दाङ, २६ असोज । तुलसीपुरकि स्मृतिलाइ आफ्नो बच्चा स्कुलबाट साझ फर्कदा सकुशल फर्कन्छ वा जरो लिएर आउंछ भन्ने त्रासले दिनदिनै सताउन थालेको छ । मुलुकभरी कोरोनाको संक्रमण फैलिएसंगै स्कुलले वालवालिका समेतलाइ भौतिक उपस्थीतिमा पढाउने भन्दै विद्यालयमा पठाइदिन आग्रहगरेपछि स्मृतिले आफ्नो बच्चालाइ पनि स्कुल पठाउन थालेको दुइसाता नाघ्यो ।

ad

विजौरीका अभिभावक शंकर नेपालीपनि यो समस्याले निकै चिन्तित देखिन्छन् । सकुसल स्कुल पठाएको छोराले कुनदिन कोरोना भाइरसको संक्रमण बोकेर घर आइपुग्ने हो । शंकर र स्मृतित उदाहरण मात्र हुन् । पछिल्लो समयमा जिल्लामै पनि लगालग समुदायस्तरमै संक्रमण फैलनथालेपनि स्कुल पनि यसबाट जोखिन नसक्ने चिन्तामा धेरै अभिभावकहरु छन् । खुलेका विद्यालयहरुमा पनि पोहरशालजती विद्यार्थि आउन सकेका छैनन् । तैपनि स्थानिय पालिकाहरुले भौतिक उपस्थीतिमा कक्षा सन्चालनको अनुमति दिंदा पछिल्लो समयमा विद्यालयमै पनि कोरोना भाइरसको संक्रमण देखिन थालेपनि यो सवैको चिन्ताको विषय बनेको छ । भाविस्यका कर्णधारनै जोखिममा हुंदा स्थानिय सरकारका शिक्षा विभाग हेर्ने निकाय भने जोखिम व्यवस्थापनका सन्दर्भमा कुनैपनि ध्यान नदिएको अवस्थामा छन् ।

ad

जिल्लामा रहेका रहेका विद्यालयहरु कतै सञ्चालनमा आएका छन् भने कतै वन्द रहेका छन् । तर यसमा पनि जिल्ला शिक्षा समन्वय इकाइ कार्यालय भने शैक्षिक एकरुपता कायम गर्नेतर्फ लागेको छैन । जिल्लामा पालिका पिच्छे निर्णय फरक हुदा कतै खुलेका हुन भने कतै वन्द भएका छन् । यसरी पालिका पिच्छेको निर्णणले गर्दा विद्यार्थीहरु तथा अभिभावकहरु समेत अन्यौलमा रहेका छन् ।एउटा पालिकामा विद्यालय सन्चालन भएको अवस्थामा नजिकैको छिमेकि अर्को पालिकामा विद्यालय बन्दगर्नुले कुनै अर्थ राख्दैन । किनकि अहिले स्कुल बस सन्चालन नभएको अवस्थामा विद्यार्थिहरु समेत स्कुल नपुग्दै जोखिमपुर्ण यात्रागर्न विवश छन् । एक अभिभावक भन्छन्, ‘स्थानिय सरकारले स्कुल खोल भन्छ, तर स्कुल बस सन्चालनको अनुमति दिएको छैन । यो अवस्थामा वालवालिकालाइ सार्वजनिक बसमा चढाएर कोचाकोचको अवस्थामा विद्यालय पठाउन बाध्य भएका छौं ।’

ad

कोभिड १९ को कारण लामो समय विद्यालयहरु सञ्चालनमा आउन नसेका थिएनन् । तर जोखिम कम भएको भन्दै संघिय सरकारले नै विद्यालयहरु खोल्ने अनुमती नदिएपनी स्थानिय पालिकाका निर्णयमा जिल्लाका विद्यालयहरु सञ्चालनमा आएका थिए । स्थानिय पालिकाले विद्यालयमा सरकारले तोकेका न्युनतम स्वास्थ्य मापदण्ड पुरागरेर विद्यालय सन्चालन भएको जतिसुकै दावी गरेपनि स्कुलको कक्षाकोठामा अनुगमन गर्नेहो भने कहिकतै पनि स्वास्थ्य सुरक्षाका सवै मापदण्ड पुराभएको पाइंदैन । तर विद्यालय सञ्चालनमा आएको १ महिना नपुग्दै कोरोनाको सङक्रमण वढेको भन्दै विद्यालय वन्द गर्ने थालिएको छ ।

ad

शैक्षिक सत्र सुरु भएको गरिब ६ महिना पछि खुलेका विद्यालयहरु फेरी वन्द हुदा कसरी शैक्षिक सत्र पुरा गर्ने भन्ने समस्या रहको शिक्षाका जानकाहरु बताउछन् । यसरी वन्द हुदा विद्यार्थीहरुलाई कक्षा चढाउने काम मात्र हुने उनीहरुको भनाइ रहेको छ ।

सरकारले निरन्तर सिकाइ गराउने भन्दै अनलाइन, रेडियो तथा टेलिभिजन मार्फत शिक्षण सिकाइ सञ्चालन गरेको थियो । बैकल्पीक शिक्षण सिकाइ अगाडि वढाए पनि प्रभावकारी हुन नसेको भन्दै अभिभावकहरुले गुनासो गदै आएका थिए । बैकल्पिक शिकाइकालागी अधिकांश विद्यार्थिहरु सुचना प्रविधिको पहुंचमा आउन सम्भव देखिएन । किनकि राज्यले जतिसुकै ठुलाकुरा गरेपनि दाङकै सन्दर्भमा पनि दैनिक १७ पटक सम्म बत्ति नगएको दिनै हुंदैन । कति अभिभावकहरु त एनरोइड मोवाइलको पहुंचमा मात्र होइन, रेडियो र टेलिभिजनको पहुंचमा समेत छैनन् ।

बबइ गाउपालिकाले आइतवार देखि विद्यालयहरु वन्द गरेको थियो । सोमवार देखि घोराही उप महानरपालिकाले पनि २० दिनका लागि विद्यालय बन्द गरेको छ । बबई गाउपालिकामा समुदाय स्तरका केहि मानिसमा कोरोना पोजेटिभ देखिए पछि विद्यालय नखोन्ने निर्णय गरेको गाउपालिकाले जनाएको छ । कोरोना माहामारीको जोखिममा बालबालिकालाई धकेल्न नहुने निर्णय गर्दै विद्यालय नखोल्ने निर्णय गरेको बबई गाउपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिए । विद्यालय खोलेर विद्यार्थी बाट झन कोरोना पैmलन सक्ने हुदा केहि समय विद्यालय बन्द गर्नु नै उपयुक्त भएको गाउपालिकाले जनाएको छ ।

यता घोराही उपमहानगरपालिका भित्र रहेका विद्यालयहरु वन्द गरिने भएको छ । कोरोना संक्रमण र जोखिम बढेपछि २० दिन सामुदायिक र संस्थागत विद्यालयमा सञ्चालन भै रहेको शिक्षण सिकाई क्रियाकलाप बन्द गर्ने निर्णय गरेको छ । घोराहीमा यही आउदो कार्तिक १५ सम्म विद्यालय वन्द गरिएको घोराही उप महानगरपालिकाले जनाएको छ । नगरका कार्यबहाक प्रमुख भरतमणि अर्यालको अध्यक्षतामा आइतवार बसेको शिक्षा समितिको बैठकले विद्यालय २० दिन बन्द गर्ने निर्णय गरेको हो । कक्षाको परिक्षा स्थगित गर्ने तर शिक्षा महाशाखा एवं विद्यालयहरुले भने दैनिक प्रशासनिक कार्यलाई भने निरन्तरता दिने निर्णय गरेको छ ।

तुलसीपुर उप महानगरपालिकाले अहिले विद्यालय वन्द गर्ने कुनै निर्णय नभएको जनाएको छ । कोरोना सङक्रमण भयाभव स्र्थिीती आएमा वन्द गरिने छ । तर अहिले त्यस प्रकारको अवस्था नभएको तुलसीपुर उप महानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका अधिकृत चक्र भण्डारीले बताए । विद्यालयमा कुनै समस्या भएमा विद्यालयहरुले केही दिन वन्द गर्ने सक्ने उनले बताए । विद्यालयहरुलाई स्वास्थ्य मापदण्ड अपनाएर सिकाइ क्रियाकलाप अगाडि वढाउन भनिएको उनको भनाइ रहेको छ । कोरोनाको सङक्रमण कहिले सम्म रहने बारेमा कसैलाइ पनि जानकारी नभएको कारण जन स्वास्थ्यका मापदण्ड अपनाएर सिकाइ क्रियाकलाप गरिनु पर्ने उनको भनाइ रहेको छ ।

राप्ती गाउपालिकामा पनि विद्यालयहरु सञ्चालनमा रहेका छन् । गाउपालिकाले तत्कालै विद्यालय वन्द नगर्ने जनाएको छ । ‘समुदायमा कोरोनाका भयाभव स्र्थिीती आएमा वन्द गरिने छ नत्र विद्यालय सञ्चालन रोकिने छैन’ राप्ती गाउपालिकाका शिक्षा शाखा प्रमुख विश्वास विकले भने । गाउपालिकामा कक्षा ११ को परिक्षा पनि सञ्चालन भइ रहेको उनको भनाइ रहेको छ । कोरोना सङक्रमण देखिएको स्थानमा रहेका वालवालिकाहरुलाई रोकेर अन्य समुदायकाहरुलाई सिकाइ क्रियाकलाप अगाडि वढाइएको प्रमुख बिकले बताए । त्यसले गर्दा अन्य समुदायका वालवालिकाहरुले सिक्न पाउने उनी बताउछन् ।

उता राजपुर गाउपालिकामा रहेका विद्यालयहरु पनि सञ्चालनमा रहेका छन् । गाउपालिकामा रहेका विद्यालयहरुमा स्वास्थ्य मापदण्ड अपनाएर शिक्षण सिकाइ क्रियाकलाप निरन्तर सञ्चालनमा रहेको गाऊपालिकका शिक्षा शाखाका अधिकृत केशव लम्सालले जानकारी दिए । तत्कालै वन्द गर्ने अवस्था नरहेको गाउपालिकाले जनाएको छ ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु