कोरोनाको जोखिम बढ्दै गएपछि घोराही र बबई गाउँपालिकाका विद्यालयहरू बन्द

दाङ्ग – २५, असोज। कोरोना भाइरसको जोखिम बढ्दै गएपछि पालिकाहरूले विद्यालयको पठनपाठन रोक्न थालेका छन्। दिनप्रतिदिन जिल्लामा कोरोना संक्रमितसँगै मृत्युको संख्यासमेत बढ्न थालेपछि घोराही उपमहानगरपालिका र बबई गाउँपालिकाले पालिकाभित्रका सम्पूर्ण विद्यालयहरूको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्।

ad

कोरोना भाइरसको त्रास रहेका बेला बालबालिकाहरूलाई विद्यालयमा बोलाएर शिक्षण सिकाई गराउने कार्य जोखिम रहेको भन्दै घोराही उपमहानगरपालिकाले आजदेखि लागु हुने गरि कार्तिकको १५ गतेसम्म २० दिनका लागि सामुदायिक र संस्थागत विद्यालयमा सञ्चालन भैरहेको शिक्षण सिकाई क्रियाकलाप बन्द गर्ने निर्णय गरेको हो। घोराही उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख भरतमणि अर्यालको अध्यक्षतामा आइतवार बसेको शिक्षा समितिको बैठकले तत्कालका शिक्षण सिकाईका क्रियाकलापहरू बन्द गर्ने निर्णय गरेको  घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख बिनोद गौतमले जानकारी दिएका छन्।

ad

उनका अनुसार उपमहानगरपालिकाले कक्षा ११ को परिक्षा समेत कार्तिकको १५ गतेसम्मलाई रोक लगाएको छ। तर, विद्यालयको दैनिक प्रशासनिक कार्य भने सञ्चालन गर्न दिने भएको छ। घोराही उपमहानगरपालिकाले असोजको १ गतेदेखि नगरका सम्पूर्ण विद्यालयहरुमा शिक्षण सिकाईको कार्य सञ्चालन गर्दै आएको थियो।

ad

यसैगरी बबई गाउँपालिकाले आइतवार आजदेखि विद्यालय नखोल्ने निर्णय गरेको थियो। बबई गाउपालिकामा समुदायस्तरका केही मानिसमा कोरोना पोजेटिभ देखिएपछि तत्कालका लागि विद्यालयहरुले सञ्चालन गर्दै आएको शिक्षक शिकाईका क्रियाकलपाहरु बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख मोहन दाहालले जानकारी दिएका छन्।  गाउँपालिकामा असोज ११ गतेबाट बबई गाउपालिकामा सरकारी तथा निजी विद्यालय सञ्चालनमा आएका थिए। बबई गाउपालिका वडा नम्बर ६ का स्थानीयमा कोरोना देखिएपछि त्यहाँको वडा कार्यालय पनि सिल गरिएको छ। विद्यालय खोलेर विद्यार्थीबाट झन कोरोना पैmलनसक्ने हुँदा केही समय विद्यालय बन्द गर्नु नै उपयुक्त भएको गाउँपालिकाले जनाएको छ।

ad

तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु