बक्तृत्वकला प्रतियोगिता सम्पन्न

दाङ्ग -गढवा ,२५, असोज,  । हेमराज शर्मा 

ad

 अन्तर्राष्ट्रिय बालिका दिवसकाे अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । क्रियटिङ पोसिबिलिटिज नेपालकाे आयाेजनामा सामाजिक दुरि र स्वास्थ मापदण्ड अपनाउदै उक्त कार्यक्रम सम्पन्न भएको हाे ।

ad

मेरो आवाज हाम्रो समान भबिष्य विषयक उक्त वक्तृत्वकला प्रतियोगितामा महिमा चौधरी प्रथम, सबिता कुमाल द्वितीय, आयुवा चौधरी तृतीय र वर्षा चौधरीले सान्त्वना स्थान हासिल गरेका थिए ।

ad

कार्यक्रममा संस्थाले शैक्षिक सहयोग गरिरहेका विभिन्न विद्यालयका १९ जना छात्र–छात्राहरू सहभागीता जनाएका थिए । सम्पूर्ण सहभागिहरुले शिक्षाको कमिका कारण महिला माथि हिंसा बढिरहेको कुरामा जाेड दिएका थिए ।

ad

संस्थाका निर्देशक दिनेशराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ममता चौधरी र सुष्मा चौधरीले गरेका थिए । बालिकाहरुको शैक्षिक र सामाजिक विकासका लागि सन् २०१२ देखि संयुक्त राष्ट्र सङ्घले यो दिवस मनाउन थालेको हो ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु