विश्व दृष्टि दिवश २०२० “दृष्टिप्रतिको आश”

दाङ ,तुलसीपुर-२१ , असोज। आज विश्व दृष्टि दिवस सन २००० देखि विश्वका विभिन्न रास्ट्रहरुले मनाउदै आएका छन । यो दिवस प्रत्येक वर्ष अक्टुबर महिनाको दोस्रो विहिवारका दिन मनाइन्छ । सोहिअनुसार हरेक वर्ष अक्टुबर महिनाको दोस्रो विहिवारका दिन संसारभर र नेपाल मा पनि नेपाल नत्रज्योति सघं लगायत विभिन्न आँखा अस्पतालहरु र आँखा सेवामा संलग्न विभिन्न संघसस्थाहरु द्धारा विभिन्न कार्यक्रमहरुका साथ मनाईने गरिन्छ अन्धोपन अर्थात दृष्टिबिहीनता मानवले भोगिरहेका प्रमुख अभिशापहरु मध्येको एक हो । सन १९८१ को अन्धोपनसर्वेक्षण अनुसार बिश्वमा झण्डै ४ करोड व्यक्तिहरु दृष्टिबिहीन छन् जम्मा दृष्टिबिहीनहरु मध्ये ९० प्रतिसत हाम्रो जस्तो अल्पविकशित वा विकाशशील राष्ट्रहरुमा बसोवास गर्दछन ।

ad

सर्वेक्षणले देखाए अनुसार नेपालमा हाल २ लाख १० हजार व्यक्तिहरु दृष्टिबिहीन छन ्र बर्षेनी थप ४२ हजार व्यक्ति दृष्टिबिहीन हुने अनुमान गरिएको छ । यसै गरी ४ लाख भन्दा बढि व्यक्ति इल्भ् भ्थ्भ्म् अर्थात एउटा आँखाको दृष्टिबिहीन छन् । पुरुषहरुको दाजोमा महिलाहरु बढी संख्यामा दृष्टिबिहीनताबाट पीडित छन् । दृष्टिबिहीन बच्चाहरुको संख्या नेपालमा १३ हजार २ सय छ, प्रत्यके दिन नेपालमा ७ जना बच्चा दृष्टिबिहीन हुने गर्दछन् ।

ad

सोही प्रकार २ लाख जना बयस्क र २५ हजार बच्चाहरु न्यून दृष्टि अर्थात थोरै मात्र देख्न सक्ने समस्याबाट पीडित छन् भने ३ लाख ३० हजार बच्चाहरुको दृष्टि क्षमता उल्लेख्य मात्रामा कमजोर छ जसमध्ये धेरैलाइ चश्माको प्रयोगबाट ठीक पार्न सकिन्छ । नेपालका १७ प्रतिशत जनता कुनैन कुनै किसिमको आँखा स्वास्थ्य समस्याबाट पीडित छन दृष्टि बिहीनता र न्यून दृष्टिको कारणबाट राष्ट्रले अनावश्यक रुपमा ठुलो मात्रामा सामाजिक तथा आर्थिक बोझ झेली रहनु परको छ । नेपालका कुल दृष्टिबिहीनहरु मध्ये ८० प्रतिशत भन्दा बढिलाई रोकथाम वा उपचारबाट निवारण गर्न सकिने अनुमान छ । नेपालका कूल दृष्टिबिहीनहरु मध्ये झण्डै ९२ प्रतिशत जनता ग्रामीण क्षेत्रमा बसोवास गर्दछन् नेपालमा दृष्टिबिहीन गराउने प्रमखु आँखा स्वास्थ्य समस्याहरु मध्येमा मोतिबिन्दु, खस्रे (ट्रकोमा) र आँखाका अन्य संक्रमणहरु, जलबिन्दु, चोटपटक, दृष्टि दोष, भिटामिन ए को कमी र दृष्टि पर्दा वा दृष्टिस्नायु संबन्धि रोगहरु पर्दछन् नेपालमा कुल दृष्टिबिहीनताको ६० देखि ७० प्रतिशत भाग एक्लै मोतिबिन्दुका कारण हुने गरेको छ ।

ad

यसै गरी ८८ हजार ८ सय नेपालीहरु जलबिन्दु रोगबाट पीडित छन भने यस संख्याको ३ दोव्बर नेपालीहरु यस जलबिन्दु रोग लाग्ने खतरामा रहेको अनुमान छ । यसै गरी बर्षेनी २ लाख १० हजार नेपालीहरुको आँखामा चाटेपटक लाग्ने गरेको छ जसका कारण आँखाको नानीमा घाउ भइ प्रत्येक दिन १३० जना नपोलीको आँखामा न्यून दृष्टि वा दृष्टि बिहीन हुने गरेको छ । मधुमेह अर्थात चिनीको रोग र उच्च रक्तचापको कारण दृष्टिप्रदामा असर भई दृष्टिविहिन हुनेहरुको संख्या बर्षेनी बढ्दो क्रममा छ ।

ad

नेपालमा अनुमानित ३ लाख ५० हजार भन्दा बढि व्यक्तिहरु मधुमेह अर्थात चिनीको रोगबाट प्रभाबित छन् जस मध्ये ८० हजार जनाको आँखाको दृष्टि पर्दा वा स्नायुमा सो रोगका कारण कुप्रभाव परेको छ र यसरी दृष्टि बिहीन हुनेहरुको संख्या २० हजार छ । प्िरतबर्ष ४ हजार नेपालीहरु मधुमेह रोगका कारण आँखामा स्थायी रुपमा क्षति पुग्न गइ दृष्टि बिहीन हुने गरेका छन् । अन्य विकासशील राष्ट्रहरुको दाजोमा नेपालमा सहज रुपमा सस्तो सेवा शुल्कमा गुणस्तरिय आँखा उपचार सेवा उपलव्ध भएका कारण बर्षेनी ठुलो संख्यामा बिदेशबाट नेत्र रोगी र दृष्टिबिहीनहरु नेपाल आइ सेवा लिने गरेका छन तर नेपालका दुर्गम ग्रामीण भेगमा रहेका दृष्टिविहिनहरु खाश गरी अज्ञानताका कारण आप्mनै देशमा उपलव्ध आँखा सेवा लिनबाट बञ्चित रहेका छन । उनिहरुलाई आप्mनो दृष्टिविहीनतालाइ उपचारबाट ठीक पार्न सकिन्छ भन्ने ज्ञान नहुदा यसलाइ पुर्व जन्मको कर्मको फल वा देबी देवताको दोष आदि ठानेर अनाहकमा दुःख पाइ बसेका छन ।

यसर्थः यसरी दृष्टि विहीन भएर बसेका खास गरी दुर्गम भेगका व्यक्तिहरुमा आवश्यक चेतना जगाइ आँखा उपचार सेवा लिन अभिपे्ररित गर्नुका साथै उनीहरु सम्म सर्ब सुलभ रुपमा आँखा उपचार सेवालाई पुर्याउनका लागी देशमा बिद्यमान आँखा उपचार सेवालाई अझैप्रभाबकारी रुपमा विकाश तथा विस्तार गर्नू आँखा सेवामा सम्बद्ध सबैका सामु प्रमुख चुनौतीको रुपमा रहेको छ । यस विश्वव्यापी गम्भिर स्वास्थ्य समस्याको रुपमा रहेको अन्धोपनलाई निर्मुल गर्न सरकारी तथा गैरसरकारी विश्व स्वास्थ्य संगठन सयुंक्त राष्ट संघका एजेन्सिहरु राष्ट्रिय एवं निजि क्षेत्रबाट उल्लेखनिय योगदान भई रहेता पनि प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको विश्वव्यापी अन्धोपनको वोझ जनसंख्यामा भएको वृदिृ जनसंख्याको बढ्दो उमेर दुर्गम एवं अविकसित ठाउँहरुमा आखाँको उपचारात्मक सेवाहरु नपुग्ने र पुगे पनि स्थानीय स्तरबाट त्यसको उचित व्यवस्थापनको कमी आदी ईत्यादी कारणहरुले बढ्दै गई रहेको देखिन्छ । यसरी हाल बढ्दै गई रहेको अन्धोपनको समस्या यही गतिले बढ्दै गएमा आगामी वर्षहरुमा विश्वमा अन्धोपनबाट ग्रसित हुने जनसंख्याको दोव्वर हुने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ । यस्तो अवस्थामा पनि नेपालमा ९० प्रतिशत आँखा स्वास्थ्य सेवा नेपाल नेत्रज्योति सघंले प्रदान गदै आएको छ आज सम्म पनि सरकार को आफनै आँखा स्वास्थ्य सेवा को नेटवर्क छैन यस परिपेक्षेमा नेपाल सरकारको राष्ट्रिय स्वास्थ्य निति २०७६ अनुसारको स्वास्थ्य संरचनाहरु तयार गरी कार्यान्वयन हुन जरुरी छ ।
भिजन २०२० दृष्टि सबैको अधिकार के हो त ?


विश्वमा बढ्दै गएको अन्धोपनको समस्या समाधान गर्न तथा सन् २०२० सम्ममा विश्वमा व्याप्त अन्धोपनलाई निर्मुलिकरण गर्न विश्वका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुबाट अन्धोपन हटाउन तथा रोक्न भईरहेको प्रयास लाई विश्वव्यापी समन्वय गरी अन्धोपन रोकथाम तथा निर्मुलीकरणको अभियानलाई तिव्रता दिई सन् २०२० सम्ममा दृष्टि सबैको अधिकार हो भन्ने प्रत्याभुती दिन विश्व स्वास्थ्य संगठन तथा विभिन्न संघ संस्थाहरुको साझेदारी युक्त अन्धोपन विरुद्दको विश्वव्यापी अभियान नै भिजन २०२० दृष्टि सबैको अधिकार हो ।


भिजन २०२० दृष्टि सबैको अधिकार ः नेपालको कार्यान्वयन अनुभव
यस विश्वब्यापी अभियानलाई नेपालमा मुनाफा रहित गैरसरकारी सस्था नेपाल नेत्रज्योति सघं को नेतिृत्वमा पन्चबर्षीय योजना अनुसार बिश्वब्यापी क्षेत्रीय राष्ट्रिय एवं आखाँ उपचार प्रदान गर्ने प्रमुख अस्पताल तथा संघ तथा संस्थाहरुको स्तरबाट कार्यान्वयन गर्ने निर्णय गरिएको छ । फलस्वरुप सन् २०००, २००५ र २०१५ मा बर्षको अन्तरालमा चरणबद्द रुपमा यस योजना बनाई कार्यान्वयन गर्ने योजना अबधिको अन्तरालमा विभिन्न स्तरबाट तर्जुमा साधन परिचालन एवं योजना कार्यान्वयन मुल्यांकन गर्ने निति रहेको छ ।

उपयुक्त उदेश्य प्राप्तिमा सघंले सन १९८१ मा पहिलोपटक नेपाल मा नै अन्धोपनसर्वेक्षण कार्य सम्पन्न गरेको थियो उक्तm सर्वेक्षण ले नेमालमा कुल ०।८४ प्रतिशत जनता दृष्टिविहिन रहेको साथै १।८५ प्रतिशत न्युनदष्टि को समस्या रहेको र त्यसमध्ये ९२ प्रतिशत दृष्टिविहिन ग्रामिण क्षेत्रमा वसोवास गर्ने गरेका र ८० प्रतिशत अन्धोपनलाई रोकथाम वा उपचार वाट निवारण गर्नसकिने रहेको तथ्य उदघाटित गरेको थियो सोहि सर्वेक्षण ले ७२ प्रतिशत अन्धोपन मोतिविन्दु का कारणले भएको र अन्धोपनका अन्य कारणहरु ट्रकोमा, भिटामिन ए को कमि, जलबिन्दु ,दृष्टिपर्दा को रोग, दृष्टि दोष र आँखा का अन्य सङ्कक्रमण हरु रहेको तथ्य उदघाटित गरेको थियो । त्यसकारण यस सघंको प्रयासकै परिमाण स्वरुप आज आँखा स्वास्थ्यका क्षेत्रमा उल्लेखनिय सुधार आएको छ सन २०१० को च्बउष्म ब्ककभककmभलत या ब्खयष्मबदभि द्यष्लिमलभकक क्गचखभथ ९च्ब्ब्द्य कगचखभथ० को नतिजा अनुसार नेपालमा दृष्टिविहिनको सङख्या ०।८४ प्रतिशत बाट घटेर ०।३५ प्रतिशत मा झरेको छ अन्धोपन नेपालको लागि पनि तड्कारो समस्याको रुपमा देखिएको परिप्रेक्ष्यमा नेपाल नेत्रज्योति संघले यस अभियानको प्रमुख साझेदारको रुपमा रही देशका विभिन्न अस्पताल तथा संस्थाहरु विच समन्वय कायम गर्दै आएको छ ।

भिजन २०२० को राष्ट्रिय कार्ययोजना अनुरुप नेपाल नेत्र ज्योति संघ मार्फत रोग नियन्त्रण र उपचारात्मक सेवाका लागि राष्टिय ट्रकोमा कार्यक्रम, राष्ट्रिय अल्पदृष्टि कार्यक्रम, राष्ट्रिय आखा स्वास्थ्य कार्यक्रम, भिटामिन ए वितरण कार्यक्रम कार्यान्वयनमा छन् भने देशमा आखाँ उपचार गर्न दक्ष जनशक्ति विकासका लागि नेत्र विशेषज्ञ अध्ययन कार्यक्रम नेत्र सहायक कार्यक्रम संचालन गरिरहेको छ । आखाँ उपचार सर्वसुलभ होस् भन्ने हेतुले दुर्गम विकट एवं पहाडी क्षेत्रमा प्राथमिक आँखा उपचार केन्द्र स्थापना र आँखा शिविरमा जोड दिई अञ्चल स्तरमा अत्याधुनिक सुविधा सम्पन्न आँखा अस्पतालहरुको स्थापनामा निरन्तरता दिएको छ । त्यसकारण स्थापना भईरहेका आँखा अस्पताल तथा उपचार केन्द्रलाई संघिय सरकार, प्रदेश सरकार स्थानीय सरकार तथा गैरसरकारी संघ संथा र स्थानीय बासिन्दाले सहयोग गरी यसलाई अझै प्रभावकारी ढंगले अगाडी बढाएमा दुरदराजमा बसेका आँखाका रोगीहरुका लागि धेरै राहत हुने कुरा मा दुईमत छैन आउदा दिनहरुमा उपचारको पर्खाइमा बसेका आँखाका रोगिहरुका लागि पवित्र कार्यको थालनि हुनेछ । “दृष्टि सवै को अधिकार” तथा “दृष्टिप्रतिको आश” भन्ने नारा सफल पार्न सकिनेछ ।

धन्यवाद ।
लेखकः
सालिक राम गौतम,
बाहिय कार्यक्रम संयोजक
राप्ती आँखा अस्पताल , तुलसीपुर, दाङ


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु