विहेगर्न पिसिआर टेस्ट … कोरोना कहर ??

दाङ १५,असोज ( खेमराज रिजाल)

अंकल, विहेकालागी पनि पिसिआर परीक्षण होर? रवि एकनासले मलाइ सोधिरहेको थियो । किनकि सन्चारकर्मिसंग उसले जिज्ञासा राख्नु स्वाभाविक पनि हो । अनि सरकारले पनि त्यसैगरी पिसिआर परीक्षण रिपोर्टका नाममा धेरै होंडलो मच्चाइरहेको छ । कुनैवेला नागढुंगा क्रस गर्न पनि कोरोना परीक्षण सरकारले अनिवार्य गरेपछि काठमाण्डौका घरवेटीहरुले डेरावाललाइ पनि अनिवार्य पिसिआर परीक्षण गरेका छन् । धन्न मैले त विहेगरी दुइसन्तानको बुवा बनिसकेको छु..।

ad



कुनैवेला विश्वव्यापी महामारीका रुपमा फैलिएको एड्सको यस्तै वितण्डा थियो । संभ्रान्त परीवारमा विहेवारीकालागी करीवकरीव एचआइभि टेष्टको रिपोटै अनिवार्य जस्तै बन्न थालेको थियो, तर कोरोना संक्रमितजस्तै एचआइभि पोजेटिभ धेरै थिएनन । एचआइभिबाट बच्न सजिलो उपाए पनि थियो । तर वर्तमान अवस्थामा आएको कोरोना भाइरसबाट बच्नकालागी कुनै उपाय छैन । जसले जेजे भनेपनि विश्व सिनेमा जगतका अभिनेता अमिताव वच्चनलाइ कोरोनाको संक्रमण देखियो, अनि नेपालका पनि उच्च अहोदाका कर्मचारी र नेताहरुलाइ पनि देखियो । तर सरकारले अझैपनि कोरोना संक्रमितको नाम गोप्य राखेको छ । यद्धपि आफु संक्रमित भएको भनेर विभिन्न सामाजिक सन्जालहरुमा आइरहेका छन् ।

लुकाउने संक्रमण कोरोना होइन, जथाभावि गर्ने प्रबृत्ति पनि हावी हुनुहुंदैन, एचआइभि त यौन सम्पर्कबाट मात्र सथ्र्यो, तर कोरोना भाइरस त मौन संपर्कबाट पनि सर्छ । त्यसैले यो अर्थ राजनितिसंग पनि जोडिएको छ । अव विश्वमा सर्वशक्तिमान राष्ट्र को बन्ने भन्नेपनि कोरोनाको संक्रमणले निर्धारण गर्ने छ, स्वाभिमान मुलुक पनि को बन्ने भन्ने कोरोनाले अभ्यास गर्न सिकाउने छ । अनि भोकोपेटमा कोरोनासंग कसरी संघर्षगर्ने भन्ने पनि कोरोनाले सिकाउने छ । तर नेपालमा कोरोना भाइरसका विषयमा यो वहश कतै छैन, यहांत देखिएको छ, चुनाव हारेकालाइ माथि उठाएर कसरी सर्वशक्तिमान बन्ने । कोरोना व्यवस्थापनमा कसरी आफ्नालाइ स्पेष दिने र कसर।ी कोरोनाको वाहनामा दात्रिनिकायबाट मृतकको संख्या बढि देखाएर सहयोगको टोकरी फैलाउने ।

ad



आहा रविको विहे अन्योलमा छ, कितकि मध्यस्तकर्ताले कोरोनाको परीक्षण रिपोर्ट खोजेका छन्, किनकि अन्तर्जिल्ला उसको विहे हुन थालेको छ । प्रहरी प्रशासनले विहेको गाडिलाइ छुट दिएपनि दुलहीपट्टिका बगालले कोरोना परीक्षणको सर्टिफिकेट मागे भने रविको विहे रद्ध हुने छ ।

त्यसो त सरकारले शुल्क लिएरैपनि लक्षण नदेखिएका नागरीकहरुको पिसिआर परीक्षण नगर्ने भनेको छ । यो हिसावले रविमा कुनै लक्षण देखिएको छैन, तर उसले पिसिआर परीक्षणको रिपोर्टविना दुलही भित्तयाउन सक्ने छैन । त्यसपछि हामी रविको विवाहलाइ थाती राखेर जन्त जान पनि सकेनौं किनकि पिसिआर परीक्षण अनिवार्यसंगै अप्ठेरो पनि थियो । किनकि नागरीकको बुझाइको सरकार छैन, त्यसैले कहिले स्वास्थ्य मन्त्रालयले के निर्देशन दिन्छ, कहिले के निर्देशन दिन्छ नागरीकलाइ थाहैं हुंदैन । हामी रविको विहेमा जान असमर्थ भयौं, सरकारसंग यो सवालमा वार्गेनिङ गर्दागर्दै म त सपनाबाट व्युंझेछु, विहेकालागी पनि पिसिआर रिपोर्ट….।

होइन, यो बास्तविकता, मैले विपनामा पत्रिका # रोगि रहेछन्, तुलसीपुर गलौराका उनी उपचारकालागी ग्राण्डि अस्पतालमा भर्ना भएका थिए, संभवतः वोनम्यारोको संक्रमणले उनको निधन निश्चित भएपनि अन्ततः सरकारले उनको निधनमा कोरोनाको संक्रमण देखायो ।

ad


थाहाछ, सरकारले परीक्षणको दायरा बढाउन सकेको छैन । लकडाउनको हल्ला पनि छ । देशभर संक्रमितलाइ थेग्न सक्ने कोरोना अस्पतालको वेड क्षमता २६ हजार भन्दा बढि छैन । त्यसैले कुरेर बसिरहेको छ, संक्रमितको संख्या बढाउन । किनकि सवै राजनितिक दलका मुख्य नेताहरु बस्ने काठमाण्डौ हो । संक्रमितको संख्या बढाउन भन्दा पनि काठमाण्डौलाइ जनतारहित बनाएपछि मात्रै लकडाउन हुने छ, त्यो सायद सरकारले सक्रिय संक्रमितको संख्या देखाएर हुने छ । असोज २५ पछि त्यसको अभ्यास हुने छ । काठमाण्डौ सुरक्षित भए, सवै सुरक्षित…।

कान्तिपुर टिभिको समाचार सुन्दासुन्दै म निदाएंछु, निदा्रमा मैले एउटा संभ्रान्त परीवारको तथा आफुलाइ प्रहरी प्रशासन र सवै तहका सरकारले सपोर्ट गर्ने खालको व्यक्तिले गाउमा एक जना वालिकालाइ बलत्कार पछि हत्या गरेको सपना देखें । सपनामै सरकारका अधिकारीहरु, सुरक्षानिकायका अधिकारीहरु पनि आए । वलात्किृत वालिकाको पोष्टमार्टम गर्नभन्दा पहिले पिसिआर परीक्षण गर्नुपर्नेमा पिडकहरुले दवाव दिएपछि ति वलात्कसत वालिकाको पोष्टमार्टम गरीएन, तर पिसिआर परीक्षणमा पोजेटिम रिपोट आयो । चिकित्सकले लेखे, वलात्कार पछि हत्या गरीएकि वालिकाको निधनको कारण कोरोनाको संक्रमण । म झलस्सक व्युयुझिए यो त सपना थियो । फेरी सोंचें सपनाजस्तै त छ सरकार?

म फेरी निदाउन पयासगर्दागर्दै झपक्क भएछु, बलात्कार पछि हत्या गरीएकि संझना विकको पोष्टमार्टम रिपोर्टमा पनि लेखिएको थियो, कोरोना संक्रमाणको पुष्टि ।

ad

तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु