पाठकको आंखां नेतामै दृष्टिदोष

राप्ती आंखा अस्पतालसम्म सडक


दाङ, १२ असोज । तपाइलाइ यो पत्र पठाएको छु । किनकि मैले मेरा ९३ बर्षका हर्जुवालाइ राप्ती आंखा अस्पतालमा उपचारकालागी लगें । रक्षाचौर सम्म सल्यान जाने सडक ठिकै थियो, तर रक्षचौरदेखि बढिमा २ सय मिटर बाटोमा मेरो हजुरवाको लठिठी पनि टेक्ने स्पेष थिएन सडकमा । कहि खाडल त कहि उपडखावट, तर तीनै तहका सरकारले यसलाइ नगन्य र नालायक अभिव्यक्ति मान्लान, मलाइ उनीहरुको अभिव्यक्तिको मतलव छैन । किनकि यति छोटो बाटो निर्माणगर्दा कसले जसपाउने भन्नेमा विभिन्न वहसपनि हुने छन् ।

ad


तैपनि सडक त अझैपनि क्षत विक्षत छ । मैले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाइ पहिले स्मरण गर्न चाहन्छु, उहां धन्यवादको पात्र हुनुहुन्छ, किनकि राप्ती आंखा अस्पतालमा ओपिडि भवन निर्माणकालागी ५० लाख रुपैया सहयोग गर्नेभा छ रे । त्यसैगरी पदेश सरकारलाइ पनि संझन चाहन्छु, सरकारले फेको मेसीन खरीदमा केहि सहयोग गरेको हो रे । यी विषय त राप्ती आंखा अस्पतालको स्वार्थसंग जोडिएका विषय हुन । तर त्यहि अस्पतालमा उपचार गराएका दृष्टिविहिनहरुलाइ लौरो टेकाएर घर पठाएपछि मात्र दृष्टि फर्कन्छ, । तर उनीहरुको दृष्टि फर्काउनकालागी अस्पतालदेखि तुलसीपुरको यात्रामा बाटोको अवस्था कस्तो छ?
सायद पांच नंवर प्रदेशका मुख्य मन्त्री शंकर पोखेल पनि यो अस्पतालको अनुगमन गर्न आए । पुर्वसभामुख कृष्ण वहादुर महरा पनि अस्पतालको स्वास्थ्य सेवाको अनुगमनमा आए । तात्कालिन पुर्वमन्त्री दिपक गिरी पनि राप्ती आंखा अस्पतालमा आएर स्तरोन्नतीकालागी पहल गर्ने अभिव्यक्ति दिए ।

ad


तुलसीपुर उपमहानगरपालिकाका पमुख घनश्याम पाण्डे त धेरै पटक राप्ती आंखा अस्पतालमा अनुगमन गर्न आए । यसै अस्पतालका सेरोफेरोमा तुलसीपुर उपमहानरपालिकाका वडा नंवर ७ ४ का वडाध्यक्षहरु पनि यहि बाटो हिंड्छन् । नेपाली कांग्रेसका जिल्ला सभापति कृति वहादुर खड्काको पनि बटो यहि स्थानमा परेको छ । तर पनि किन नेताहरु वेखवर छन् ? सायद सवै नेतामा दृष्टिदोष छ कि‘…..
तुलसीपुर बजारको विरेन्द्रचौकदेखिको स्तरोन्नतीको सवाल होइन । तुलसीपुर उपमहानगरपालिकाले राप्ती आंखा अस्पतालसम्म सहज सडक पु¥याउने अभ्यास गरेको छैन । मुख्य मन्त्रीले यो विषयमा टुकुरे योजना ल्याउन े अवस्था पनि छैन । संघिय सरकारको योजनामा यो अढाइसय मिटर सडक योजना पर्न सक्दैन , तर पनि समस्या छ, स्थानिय सरकारको । किन स्तरोन्नती हुन सकेन, रक्षाचौर देखि आंखा अस्पताल सम्मको बाटो ?
तुलसीपुर उपमहानगरपालिकाले हरेक वडामा कम्तिमा तीन किमि सडक चौडा गर्ने अभियानमा छ , सवै वडामा यस्को अभ्यास समेत सुरु भैसकेको छ , तुलसीपुर विकाश पधिकरणका प्रमुख पवन योगीलाइ पनि मैले पश्न राखेको छु, राप्ती आंखा अस्पताल पुग्ने आधा किमि सडक स्तरोन्नती गर्न आवस्यक होइन र?

ad


मेरा पश्न मात्रै हुन् । तपाइले जवाफ दिन जरुरी पनि छैन । तर मध्य तथा सुदुर पश्चिमकै सामुदायिक अस्पतालका रुपमा रहेको राप्ती आंखा अस्पताल केन्दिीय कार्यालयमा यातायात सेवा सहज बनाउन कसले पहल गर्ने हा?

ad


स्थानिय सरकारको क्याटागोरीमा छैन, प्रदेश सरकारको क्याटागोरीमा छैन, अनि संघिय सरकारको पनि क्याटागोरीमा छैन भने सवैभन्दा पहिले यो अभियानमा हाम्रो भुमिका रहंदैन भनेर तुलसीपुर उपमहानगरपालिकाका प्रमुखले हात उठाउन आवस्यक छ, तुलसीपुर वडा नंवर ७ का अध्यक्षले पनि त्यसमा हौसे गर्न आवस्यक छ, अनि तुलसीपुर उपमहानगरपालिका—४ का अध्यक्षले पनि हात उठाउन आवस्यक छ ।
मैले जेृ देखेको छु त्यहि लेखेको हुं अन्यथा भएमा मेरो पत्रलाइ नछापेपनि मैले स्वीकार गर्ने छु ।

यदि कुनैपनि स्थानिय सरकारले संघियता स्वीकार गर्न सक्दैनन भने तुलसीपुर आंखा अस्पताल आंखा नदेख्नेकालागी हो । उनीहरुले छामछुमगदै अस्पताल पहिल्याउने छन् ।
आंखाका विरामीलाइ अस्पताल सम्म पुग्न सहज बाटोनै छैन भने, नेताहरुको दृष्टिदोष पनि अवस्य हो । आदरणिय नेताहरुको दृष्टिदोष चेकप गराउन आग्रह छ , किनकि तपाइको स्तरीय गाडि आंखा अस्पताल पुग्ने सडकको खाडलमा फस्यो भने । कृयया यो पत्र छापिदिनुहुने छ भन्ने विश्वास छ, थप जानकारी सहित अर्को पाठक पत्र लेख्ने प्रतिवद्धता जनाउंछु ।
यादव रिजाल
तुलसीपुर उपमहानगरपालिका—१७ दाङ


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु