प्रतिष्ठानको दोस्रो वार्षिकोत्सव /उपकुलपति संगिता औधि खुसी


खेमराज रिजाल
दाङ, १२ असोज । आफुले नेतृत्व गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको दोस्रो वार्षिकोत्सव मनाइरहंदा उपकुलपति प्राडा संगिता भण्डारी आज औधि खुसी छिन् । सरकारले विसं २०७४ शालमा स्थापना गरेको प्रतिष्ठानले खासमा तेस्रो वार्षिकोत्सव मनाउनुपर्ने हो, तर एक बर्ष साविकको राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानलाइ हस्तान्तरण हुन कम्तिमा एक बर्ष लाग्यो । एक बर्षसम्म अलमलमा थियो प्रतिष्ठान ।

ad

उपकुलपति प्राडा संगिता भण्डारी


अस्पताल हस्तान्तरण भएलगत्तै कर्मचारी समायोजनका वेला भएको कर्मचारी आन्दोलन, त्यसैमा नेकपाकै नेतृत्वहरुले उपकुलपति हटाउन थालेको सडक आन्दोलन लगायतका विभिन्न व्यवस्थापकिय समस्या झेल्दै खरो रुपमा प्रस्तुत हुंदै आएकि उपकुलपति संगिता भण्डारीको नेतृत्व विस्तारै सहज बन्दै गएपछि दोस्रो बार्षिकोत्सवमा सरकारकै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मन खोलेर प्रतिष्ठानलाइ सहयोग गर्न संघिय सरकार तयार रहेको अभिव्यक्तिले संगितालाइ खुसी मात्र बनाएको छैन, हौस्याएको पनि छ ।

ad


बार्षिकोत्सवका अवसरमा जुम मिटिङमा प्रमुख अतिथिको उद्घाटन मन्तव्यदिंदै स्वास्थ्य मन्त्री ढकालले छोटो अवधिमा पनि धेरै काम गर्न प्रतिष्ठान सफल भएको उल्लेख गर्दा उपकुलपति संगिताको मन प्रफुल्लीत थियो । तयसो त मन्त्री ढकालले कोभिड—१९ को विश्वव्यापी संक्रमण व्यवस्थापन र स्वास्थ्य उपचार तथा पिसिआर परीक्षणमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले खेलेको भुमिकाको उच्च प्रसंसा पनि गरेका थिए । ‘कोरोना भाइरसको संक्रमणका कारण भौतिक रुपमा उपस्थीति त हुन सकिन, तैपनि मैले जुम मार्फत बार्षिकोत्सवमा सहभागी जनाउने अवसर पाएकोमा प्रतिष्ठान नेतृत्वलाइ विशेष धन्यवाद व्यक्तगर्दै, प्रष्ठिानकालागी जग्गा व्यवस्थापन, थप आवस्यक उपकरणको व्यावस्थापन लगायत शैक्षिक गतिविधि सन्चालनकालागी सरकार सधै प्रतिष्ठानसंग हातमा हात मिलाएर अघि बढ्ने छ’, मन्त्री ढकालले भनेका थिए । सरकारको हरेक प्रदेशमा एउटा सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने नितिसंगै पछिल्लो समयमा हरेक प्रतिष्ठानको माताहतमा ५ सय वेडको अस्पताल निर्माण गर्ने निति पारीत गरीसकेको जनाउंदै प्रतिष्ठानको चौतर्फि उननयनमा लाग्न पनि प्रतिष्ठान नेतृत्वलाइ सुझाव दिए । ‘सात वटा प्रतिष्ठान मध्ये महिलाले नेतृत्व गरेको एक मात्र प्रतिष्ठान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हो, आलोचनाको मैदानबाट खरो भएर उत्रनुहोला’, प्राध्यापक डा संगितालाइ इंगित गर्दै मन्त्री ढकालले जुम भाषणमा भनेका थिए ।
थुप्रै चुनौतिकावीच पनि दोस्रो बार्षिकोत्सव मनाइरहंदा प्रतिष्ठानका सवै चिकित्सक कर्मचारीहरुमा अहिले भावनात्मक एकता पलाएको छ । विरोध होइन, सकारात्मक आलोचना र सकारात्मक सुझाव प्रतिष्ठानले ग्रहण गर्न थालेको छ । यसबीचमा प्रतिष्ठानमा लाइभ सेभिङकालागी तथा सर्ट प्रियडकालागी आइसियु सेवा, विश्वस्वास्थ्य संगठनको स्टयाण्डरको प्रयोगशाला तथा विभिन्न विधामा विशेषज्ञ चिकित्सकिय सेवा र शल्यक्रिया सेवा समेत प्रदान गर्न थालेको छ । अक्सिजन प्लान्टको जडान भएपछि नियमित रुपमा आइसियु सेवा तथा सादय दशैलगत्तै सिटिस्क्यान सेवा समेत सन्चालनको अन्तिम तयारीमा प्रतिष्ठान रहेको छ ।

ad
उपकुलपति प्राडा संगिता भण्डारी

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको दोस्रो वार्षिकोत्सव


त्यसो त संगितालाइ खुसी हुनुपर्ने अरु आधारहरु पनि थिए । अव राजनितिक इगो होइन, प्रतिष्ठानलाइ कसरी माथि उठाएर उदेश्य प्राप्तीकालागी लैजाने भन्नेमा प्रदेश सरकारका सामाजिक विकाश मन्त्रीको अभिव्यक्ति पनि आशावादी थियो । जुम बैठक मार्फत आयोजित वार्षिकोत्सव समारोहमा मन्त्री वरालले भनेका थिए, प्रतिष्ठान संघको माताहतको भएपनि परेको अवस्थामा आवस्यक सहयोग गर्न प्रदेश सरकार तयार छ, दोस्रो बार्षिकोत्सवको शुभकामना ।
‘संघ माताहतमा भएपनि यसलाइ हामीले प्रदेश सरकारको ठुलो पुंजिका रुपमा लिएका छौं, चांडै प्रतिष्ठानमा एकेडमिक कक्षा सन्चालनकालागी पनि हामीले आफ्नो सरकारको तर्फबाट पहल गर्ने छौं’, यसमा विश्वस्त हुन आम राप्तीबासीलाइ आग्रह गर्दछु, मन्त्री वरालको अभिव्यक्ति थियो । कोभिड—१९ को संक्रमण व्यवस्थापन तथा पिसिआर परीक्षणमा प्रतिष्ठान टिमले निर्वाह गरेको अहम भुमिकालाइ पनि मन्त्री वरालले उच्च प्रशंसा गरेका थिए ।
त्यसो त प्रतिष्ठानको जुम बैठकमा प्रमुख जिल्ला अधिकारीले पनि बार्षिकोत्सवको सुभकामना व्यक्तगर्दै स्थानिय प्रशासनले गर्नुपर्ने सवै काममा सहजीकरण गर्ने तथा जग्गा प्राप्तीका विषयमा पनि विशेष पहल गर्ने अभिव्यक्ति दिएका थिए ।

ad


बार्षिकोत्सवमा पांच नंवर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल र पुर्व सभामुख तथा संघिय सांसद कृष्ण वहादुर महराले दिएको लिखित सुभकामना पनि प्रतिष्ठानलाइ उर्जा थप्ने आशयका थिए । पोख्रेल र महराका मेलवाट प्राप्त लिखित शुभकामना प्रतिष्ठानका डिन डा बसन्त लामिछानेले पढेर सुनाएका थिए । ‘कोरोना भाइरसको विश्वव्यापी संकटले हामीलाइ हरेक प्रदेशमा स्तरीय स्वास्थ्य संस्थाको आवस्यकता अनुभुति गरायो, अव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि नमुना प्रतिष्ठानका रुपमा स्थापित हुन सकोस’, मुख्यमन्त्री पोख्रेलको शुभकामना मन्तव्यमा उल्लेख थियो ।
त्यसैगरी पुर्वसभामुख तथा यहि क्षेत्रबाट निर्वाचित संघिय सांसद कृष्ण वहादुर महराले पनि शुभकामनामा विगतको गम्भीरतालाइ आत्मसमिक्षागर्दै प्रतिष्ठानलाइ थप सेवामुखि एवं सुविधासम्पन्न संस्था बनाउन प्रतिष्ठान नेतृत्वलाइ आग्रह गरिएको थियो ।

भौतिक उपस्थीतिमा पनि बार्षिकोत्सव
यसैबीच विश्वव्यापी कोरोना भाइरसको संक्रमणको जोखिमलाइ मध्यनजरगर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भौतिक रुपमा पनि दोस्रो बार्षिकोत्सव मनाएको छ । प्रतिष्ठानका उपकुलपति प्राडा संगिता भण्डारीको अध्यक्षतामा भएको बार्षिकोत्सवका अवसरमा बोल्दै प्रतिष्ठानका सिनेट सदस्य तथा प्रमुख अतिथि देवनारायण चौधरीले प्रतिष्ठानलाइ राजनितिक थलोका रुपमा नभएर प्राज्ञिक संस्थाका रुपमा विकाश गर्न सवैको हातेमालोको अपेक्षा गरे । छोटो समयमा सिमित श्रोत साधनले पनि प्रतिष्ठानले गरेको प्रगतिको प्रशंसागर्दै प्रमुख अतिथि चौधरीले विगतमा सिर्जना भएको अवस्थालाइ भुलेर चांडो भन्दा चांडो शैक्षिक गतिविधि सन्चालनकालागी सवै दलहरुबीच एकमत हुनुपर्ने औल्याए । कोरोना भाइरसको संक्रमणको अवस्थामा प्रतिष्ठानले पिसिआर परीक्षण तथा स्वास्थ्य उपचार सेवामा निर्वाह गरेको भुमिका अतुलनीय रहेको भन्दै अव थप विशेषज्ञ सेवातर्फ लाग्नुपर्ने बताए ।


सामाजिक दुरी कायमगर्दै झिनो तर प्रतिनिधिमुलक उपस्थीतिबीच आयोजित बार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य व्यक्तगर्दै नागरीक समाज दाङका संयोजक चन्द्रराज पन्तले विगतमा प्रतिष्ठानमा केहि उतारचढाव आएपनि अहिले अवस्था सहज भएको उल्लेखगर्दै प्रतिष्ठानलाइ स्तरीय स्वास्थ्य सेवा एवं स्वास्थ्य शिक्षाको थलो बनाउन सवैले सहकार्यगर्नुपर्ने सुझाव दिएका थिए । शुभकामना मन्तव्य व्यक्तगर्दै प्रतिष्ठान सरोकार समितिका संयोजक तथा दाङ उद्योग वाणिज्यसंघका अध्यक्ष नारायण प्रसाद भुषालले प्रतिष्ठानलाइ एकेडमिक कक्षा सन्चालनको भौतिक पुर्वाधार निर्माणकालागी जग्गा प्राप्तीको प्रक्रिया पनि माथिसम्म पुगिसकेको बताउंदै अव विगतलाइ भुलेर अझै क्रियाशिलता बढाउन सुझाव दिए ।


यी सवै अभिव्यक्तिसंगै कार्यक्रमका अध्यक्ष तथा उपकुलपति प्राडा संगिता भण्डारीले विगतमा कर्मचारी समायोजनका क्रममा केहि समस्या देखिएपनि अहिले प्रतिष्ठानलाइ सवैको साथ र सहयोग जुट्दै गएकोमा खुसी व्यक्त गरीन् । ‘नेतृत्व फेरवदल भैरहन्छन्, तर प्रतिष्ठान हामीसवैको साझा थलो हो, यसलाइ यहांसम्म ल्याउन सहयोग गर्ने र सद्भाव एवं सुभेक्षा व्यक्तगर्ने सवै सरोकारवाला महानुभावप्रति हार्दिक आभार व्यक्त गर्दछु’, भण्डारीले भनिन्, साथै निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछु ।


उपकुलपति भण्डारीले पांच नंवर प्रदेश मात्र नभएर कर्णालि प्रदेशलाइ समेत स्वास्थ्य सेवा दिन सक्ने प्रतिष्ठानमा आउदो शैक्षिक सत्रमा विएससी नर्सिङको पढाइ सुरु हुने उद्घोष गरीन् । ‘प्रतिष्ठानमा अनावस्यक रुपमा वाह्य हस्तक्षेप नहोस भन्ने हाम्रो अपेक्षा हो, यदि त्यसो भएमा समस्त प्रतिष्ठान परीवार एक भएर उभिने छौं’, भण्डारीले भनिन् । प्रतिष्ठानका कार्यालय सहयोगी देखि विशेषज्ञ चिकित्सक सम्मको सहयोगले प्रतिष्ठानले छोटो समयमा सिमित श्रोतसाधनबाट पनि यो उपलव्धि हासील गर्न सफल भएको भन्दै उपकुलपति भण्डारीले संघिय सरकार एवं प्रदेश सरकारलाइ आवस्यक उपकरण सहित भौतिक पुर्वाधार निर्माणकालागी थप सहयोगगर्न आग्रह गरीन् । कार्यक्रमको सहजीकरण प्रशासन अधिकृत दिक्षा योगीले गरेकि थिइन् । खानापछि विदाइ हुंदा पनि डा भण्डारीले पत्रकारहरुसंग प्रसन्न मुद्रामा सोधेकि थिइन् कि प्रोग्राम कस्तो लाग्यो? लाग्यो आज संगिता खुसी छिन् ।

उत्कृष्ठ कर्मचारी÷चिकित्सक पुरस्कृत
यसैबीच कोभिड—१९ को महामारीबीच पनि आफ्नो दायित्वलाइ थप शशक्त बनाउंदै प्रतिष्ठानमा उत्कृष्ठ कामगर्ने कर्मचारी एवं चिकित्सकहरुलाइ बार्षिकोत्सवका अवसरमा पुरस्कृत गरीएको छ । पुरस्कृत हुनेहरुमा सरसफाइ कर्मचारी अशोक चमार, ढुवानी कर्मचारी रामचन्द्र विक, सहायक मेडिकल रेकर्डर गंगा सेन, सवारीचालक कमानसिंह पुन, नर्स सोनु श्रेष्ठ, अधिकृत शरद अधिकारी, डायटिशियन मदन पाण्डे, प्याथोलोजिष्ट डा गोपाल लामा, माइक्रो वाइलोजिष्ट दामोदर शर्मा, डा पृथ्वी अधिकार, डा नेत्र प्रसाद वन्जाडे, डा इश्वरी भुषाल लगायतलाइ पुरस्कृत गरिएको थियो । अघिल्लो बर्ष बार्षिकोत्सवका अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम भएको भएपनि यो बर्ष कोरोना भाइरसको महामारीका कारण यी कार्यक्रमहरु हुन नसकेको प्रतिष्ठानले जनाएको छ ।

उपकुलपति प्राडा संगिता भण्डारी
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको दोस्रो वार्षिकोत्सव


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु