भारतमा पब्जी एप प्रतिबन्ध

एजेन्सीभदौ १७, २०७७

ad

भारतले थप ११८ मोबाइल एपहरुमाथि प्रतिबन्ध लगाएको छ। त्यो मध्य एकदमै चर्चित गेमिङ एप पब्जी पनि छ। 

ad

इलेक्ट्रोनिक्स तथा इन्फरमेशन टेक्नोलोजी मन्त्रालयले एक सूचना निकालेर भारतको सम्प्रभुता, अखण्डता र सुरक्षा खतरा भएका कारण यी एप्सहरुमाथि प्रतिबन्ध लगाएको जनाएको छ। 

ad

‘यो कदमपछि भारतका करोडौं मोबाइल तथा इन्टरनेट प्रयोगकर्ताहरुको सुरक्षा हुनेछ। भारतको साइबर स्पेसको सुरक्षा हुनेछ’ मन्त्रालयले भनेको छ। 

ad

यस्ता एपहरुले भारतीय नागरिकका डाटा चोरी गरेको गुनासो आएको मन्त्रालयले जनाएको छ। अघिल्लोपटक गलवान क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच

भएको भीडन्तपछि पनि भारतले टिकटकसहित ५९ एपहरुमाथि प्रतिबन्ध लगाएको थियो। 

केही दिनअघि फेरि लद्दाखमा दुबै देशका सेनाबीच झडप भयो। 

लगत्तै भारतले पबजीसहित थप ११८ एपहरुमाथि प्रतिबन्ध लगाएको हो। 


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु