सोशल डिस्टेन्स सुझाउदै तुलसीपुर युथ ग्रुप


दाङ(तुलसीपुर), १० भदौ ।

ad

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणको जोखिम न्युनिकरण गर्न तुलसीपुर युथग्रुपले बुधवार तुलसीपुरका विभिन्न मुख्य सडकहरुमा सचेतनामुलक अभियान सन्चालन गरेको छ । सो ग्रुपले प्लेकार्ड सहित बजार क्षेत्रमा पैदल हिंड्ने नागरीकहरुदेखि पशलपशलमा पनि सन्चालक र सेवाग्राहिबीच सामाजिक दुरी कायम गरी संक्रमणबाट जोखिन सचेत बनाएको तुलसीपुर युथ ग्रुपका अभियन्ता स्मृति केसीले बताएकि छिन् ।
यस अघि फेमीना ग्रुपमा रहेर पनि कामगदै आएकि केसीले पछिल्लो समयमा तुलसीपुर युथग्रुपको गठन गरी यहांका युवाहरुलाइ समेट्दै सामाजिक अभियानमा सहभागी हुंदै आएको बताएकि छिन् । कोरोना भाइरसको अझैसम्म पनि कुनैपनि औषधि नबनेको अवस्था र भ्याक्सिन पनि नबनेको अवस्थामा एक अर्काबाट संक्रमित हुन जोगिन अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने, तथा सरसफाइ र खानपानमा पनि विशेष ध्यान दिनुपर्ने जस्ता सचेतनामुलक व्यानर र प्लेकार्ड बोकेर बजार परीक्रमा गरेको तुलसीपुर युथग्रुपका सदस्य अरुण लहरेले बताएका छन् ।

ad


यस अघि पनि तुलसीपुर युथ ग्रुपले सामाजिक दुरीकै समस्या रहेको र यसले कोभिड—१९ को संक्रमण बढाउने उच्च जोखिम रहेको भन्दै विद्युत कार्यालय तुलसीपुरमा तीन दिन सम्म सेवाग्राहिहरुलाइ सामाजिक दुरी कायम गरेर सेवा लिन सचेत बनाएको थियो । त्यसैगरी बैंक तथा वित्तिय संस्थामा समेत सो संस्थाले सामाजिक दुरी कायम गर्नकालागी पनि सचेत बनाएको थियो । ‘हामी कोभिड—१९ को संक्रमणको उच्च जोखिममा छौं, यसबाट जोगिनकालागी भिडभाडमा सकेसम्म नजानु र अधिक्तम स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुनै हो, त्यसैले आम नागरीकलाइ यहि सुझाव दिइरहेका छौं’—संयोजक केसीले भनिन् । संक्रमणबाट दाङलाइ जोगाउन लकडाउन गर्नुपर्ने उनीहरुको सुझाव पनि थियो ।

ad

किन पुर्ण रुपले लकडाउन घोषणा गरौं, अन्यथा सांझ ७ बजेदेखि निषेधाज्ञा जारी गर्नुले कुनै अर्थ नराख्ने पनि उनीहरुको सुझाव थियो ।

ad

‘यहांका अधिकारीहरुलाइ हामीले भन्न चाहन्छौंकि यहां भिडभाडको अवस्थाले संक्रमणलाइ बढाउने देखिन्छ, त्यसैले पुर्ण रुपमा केहि समयकालागी लकडाउन गरेर समस्यालाइ समाधानतर्फ लैजाऔं, संक्रमणको अवस्थालाइ सकेजति न्युनिकरण गरौं’—संयोजक केसीले भनिन् ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु