आज ऋषि पञ्चमी, घरमै महिलाहरुले पूजाआजा गर्दै मनाईँदै

  तुलसीपुर पोष्ट -भदौ ,७

ad

भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज हिन्दु महिलाले सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् । 

ad

महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दत्तिवनले दाँत माझेर स्नान गर्ने गर्दछन् । 

ad

ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । आज नुहाएर पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलाे आदि खाएर एक छाक बस्नुपर्ने व्रतविधि छ । 

ad

ऋषि पञ्चमीको दिन काठमाण्डौको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालुको भीड लाग्ने भए पनि यसपटक कोरोना भाइरसको महामारीका कारण मन्दिर खुलेका छैनन् । सरकारले धार्मिक स्थल बन्द गर्न निर्देशन दिएको छ भने स्वास्थ्यकर्मीले पनि भिडभाडमा नजान सल्लाह दिएका छन् ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु