काठमाडौं- २०७७ श्रावन ,२९, बिहिवार
बिहिबार देशभर थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २४ हजार ९ सय ५७ जना पुगेको बताए।
आज ८ हजार २५ जना आइसोलेसनमा रहेका छन्। बिहिबार थप १०९ जना उपचारपछि निको भइ डिस्चार्ज भएको भएका छन्। योसहित १६ हजार ८ सय ३७ जना संक्रमण मुक्त भएको डा. गौतमले बताए। जुन कूल संक्रमित मध्ये ६७.५ प्रतिशत निको भएका छन्।
मन्त्रालयका अनुसार होम क्वारेन्टाइनमा ४६६ जना रहेका छन्। कोरोना संक्रमणको कारणले हालसम्म ९५ जनाको मृत्यु भएको छ।