सरकार हरेक कोंणबाट असफलः नेका केन्द्रिय सदस्य गिरी


तुलसीपुर, १४ साउन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सिंचाइमन्त्री दिपक गिरीले वर्तमान सरकार हरेक कोणबाट असफल भएको बताउंदै जनताको समृद्धिका सवालमा निकम्मा भएको बताएका छन् । विश्वव्यापी कोरोना संक्रमणकावेला आम नागरीकको ज्यान जोगाउन विश्व अघिबढिरहेकावेला वर्तमान कम्युनिष्ट नेतृत्वको सरकार भने कुर्चि बचाउन मात्र लिप्त भएको बताएका छन् ।

ad


‘फरक दृष्टिकोणका दुइ कम्युनिष्टबीचको अपवित्र गठवन्धनले करीव दुइतिहाइ वहुमत यो सरकारले पाएपनि अल्प संख्यक नागरीकलाइ समेत यो सरकारले संबोधन गर्न सकेको छैन, मलाइ लाग्छ, यो मुलुककै इतिहासमा निकम्मा र असफल सरकार हो’—रिपोटर्श क्लव नेपाल दाङ शाखाले तुलसीपुरमा बुधवार आयोजना गरेको साक्षातकार कार्यक्रममा केन्द्रिय सदस्य गिरीले भने । फरक फरक ध्रुवका दुइ वटा कम्युनिष्ट पार्टिको एकता मुलुकको समृद्धिकालागी नभएर मुलुकलाइ लुट्नकालागी मात्रै उद्धत रहेको भन्दै केन्द्रिय सदस्य गिरीले यो एकताले जनतालाइ झुक्याएको बताए । तर अव जनता झुक्किने अवस्था नरहेको पनि उनको अभिव्यक्ति थियो ।
क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख वत्ताका रुपमा रहेका गिरिले सरकारले बैज्ञानिक आधार विनै खोलेको लकडाउन जनताको कर अशुल्नकालागी मात्र केन्द्रित रहेको बताए । कोभिड नियन्त्रणकै सवालमा अरबौं रुपैया घोटाला गरीरहेको सरकारले जनताको जिउज्यान जोगाउने र कोरोनाको उपचारगर्ने तर्फ कुनैपनि अर्थपुर्ण पहल गर्न नसकेको अभिव्यक्ति दिए ।

ad


सोहि अवसरमा स्थानिय विकाश निर्माणका मुद्धामा समेत सरकार असफल भएको बताउंदै दशकौं पहिले सन्चालनमा आएको टरीगाउ विमानस्थललाइ समेत समाप्त पार्न लागेको बताए । विमानस्थलको स्तरबृद्धिका सन्दर्भमा आम दंगालीहरुको पहल निरन्तर भैरहेको अवस्थामा वर्तमान सरकारको बजेट वक्ततव्य र रातो कितावमा पनि टरीगाउं विमानस्थलकालागी बजेट नपर्नु दुर्भाग्यपुर्ण रहेको बताए । त्यसैगरी किसानलाइ आवस्यक पर्ने रसायिनिक मल उपलव्ध गराउन समेत सरकार असफल भएको उनको अभिव्यक्ति थियो ।

ad


कार्यक्रममा उनले खुलेरै उद्घोष नगरेपनि साथिभाइसंगको सल्लाहपछि आफु पार्टिको आसन्न महाधिवेशनमा सह महामन्त्रीको उम्मेदवार बन्न सक्ने आसय व्यक्त गरे । ‘यो मैले सवै साथिभाइको सल्लाहपछि काठमाण्डौमा गएर उद्घोष गर्ने छु, तर मेरो मनसाय अव केन्द्रिय सदस्यबाट माथि उक्लनु हो’—गिरीले भने ।

ad


कार्यक्रममा प्रदेश सभासदस्य शंकर गिरीलाइ स्वागत तथा सम्मान समेत गरीएको थियो । सो अवसरमा बोल्दै प्रदेश सभासदस्य शंकर गिरीले वाह्र जिल्लाबाट कांग्रेसमा परेको जनमतलाइ आफुले सम्मान गर्ने बताए । आफु संसदिय अभ्यासमा पहिलो पटक आएको बताउंदै जनजिविका र विकाश निर्माणका सवालमा प्रदेश सरकारमा खरो प्रतिपक्षिको भुमिका निर्वाह गर्ने पनि बताए । कार्यक्रमको सहजीकरण क्लवका महासचिव विमल गौतमले गरेका थिए ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु