कोरोना भाइरस संक्रमित संख्या करोड नाघ्यो

एजेन्सी असार १४ । विश्वभरमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । आइतबारसम्म विश्वभरि कोरोना संक्रमण हुनेको संख्या एक करोड १० लाख आठ हजार ७ सय ३८ पुगेको छ। मृत्यु हुनेको संख्या पनि पाँच लाख एक हजार आठ सय ६८ पुगिसकेको छ । अहिलेसम्म संक्रमितको आधाभन्दा बढी ५४ लाख ८० हजार आठ सय ७७ संक्रमित उपचार पश्चात निको भएर घर फर्किसकेका छन्।

ad

बिश्वमै सबैभन्दा बढी संक्रमित अमेरिकामा भेटिएको छ । त्यहाँ २५ लाख ९६ हजार सात सय ७१ संक्रमित छन् भने एक लाख २८ हजार एक सय ५२ जनाले ज्यान गुमाएका छन्। पहिलो पटक कोरोनाभाइरसको संक्रमण देखिएको चीनमा भने अहिलेसम्म संक्रमितको संख्या ८३ हजार पाँच सय छ। मृत्यु हुनेको संख्या चार हजार ६ सय ३४ छ। भारत एशियामै बढि कोरोना संक्रमित हुने पहिलो स्थानमा छ भने विश्वमै सबैभन्दा बढी संक्रमित राष्ट्रमध्ये चौथो स्थानमा छ। भारतमा आइतबारसम्म पाँच लाख ३० हजार नौं सय २४ जनामा संक्रमण देखिएको छ। १६ हजार एक सय २४ले ज्यान गुमाएका छन्।

ad

नेपालमा आइतबार कोरोना भाइरस संक्रमित ४ सय ६३ जना थपिएका छन् ।  यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

ad ad

तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु