लकडाउनलाई छिचोल्दै उपकरण ल्यायो

तुलसीपुर, १३ असार । नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालले लकडाउनलाई छिचोल्दै आधुनिक मेशिन खरिद गरेको जनाएको छ । लकडाउनको समयमा पनि विभिन्न प्रकृया पुरागरि फेको एमुल्सि फिकेसन मेशिन अस्पतालले ल्याएको हो । आँखा अस्पतालहरुको सेवा सवलिकरण तथा सहजिकरणको लागि चिकित्सकिय औजार उपकरण खरिद गर्न प्रदेश नं. ५ स्वास्थ्य निर्देशनालयबाट प्रदान गरिने पुँजिगत अनुदान र राप्ती आँखा अस्पतालको लागत सहभागीतामा सो मेशिन खरिद गरिएकोहो । स्वास्थ्य निर्देशनालयको पुँजिगत अनुदान ३० लाख र अस्पतालको २० प्रतिसत लागत सहभागीतमा फेको एमुल्सि फिकेसन मेशिन खरिद गरेको अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले जानकारी दिएका छन् ।

ad

प्रदेश सरकरले राप्ती आँखा अस्पताललाई ३० लाख, लमही आँखा अस्पताललाई २० र छन्द् कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जलाई २० लाख पुँजिगत अनुदान दिएको थियो ।

ad

त्यसैविच राप्ती आँखा अस्पतालमा मेशिन खरिद कार्य सम्पन्न भए संगै सनिवार सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले अस्पतालले यस क्षेत्रमा अन्धोपन निवारणमा खेलेका भुमिका अतुल्नीय भएको बताएका थिए ।

ad

कार्यक्रममा अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवाले यस अघिपनि फेको प्रविधिबाट अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया भएको भन्दै नयाँ मेसिन आए संगै सेवामा सहजता थपीएको बताइन् । उनले यो मेसिन आए संगै छिपीएको मोतियाविन्दुको पनि सहज रुपले शल्यक्रिया हुने बताइन् । मेसिन औजार थप संगै आफुहरुपनि उत्साहि भएको बताइन् । ‘हामीहरुलाई व्याकप भएको छ, अव एउटा मेसिन विग्रीयो भने विरामीहरुलाई सल्यक्रिया नगरेर घर पठाउनुपर्ने अवस्था हुदैन सहजता थपीएको छ उनले भनिन् । कार्यत्रक्रममा उपप्रमुख माया शर्माले तुलसीपुर उपमहानगरपालिकाले नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालको सहकार्यमा उज्यालो तुलसीपुर अभियान थालेको बताइन् । उनले यस क्षेत्रको गहनाको रुपमा रहेको आँखा अस्पतालको विकाशका लागि सवै किसीमका सहयोगहरु आफुहरुबाट मिल्ने बताइन् ।

ad

‘आँखा अस्पतालका विकासका लागि हाम्रो सहयोग निरन्तर रहनेछ, हिजो पनि थियो आज पनि हुनेछ –उनले भनिन् । उनले यस क्षेत्रको नुमना योग्य अस्पताल बनाउनमा उपमहानगरपालिकाले सहयोग गर्ने बताइन् । ‘अस्पतालले दिने सेवा देखि सवै गतिविभिहरु पारदर्शी रुपमा अगाडी बढेका छन् यसमा सवैले गर्भ गर्नुपर्छ उनले भनिन् । कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सभापति तथा व्यवस्थापन समिति अध्यक्ष कृष्णकुमार गिरीले राप्ती आँखा अस्पताललाई विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालको रुपमा विकास गर्न आफुहरु लागेको बताए । उनले आँखा अस्पतालहरुलाई भौतिक साधानस्रोतयूक्त बनाउन आफुहरु निरन्तर लागेको पनि बताए ।

‘हामीहरु अस्पतालको विकासकालागि निरन्तर लागेका छौ यसमा साथ सहयोग सवैको छ उनले भने । अध्यक्ष गिरीले अस्पतालको विकासमा सहयोग गर्ने प्रदेश , स्थानीय सरकारलगायत सवैलाई धन्यवाद दिए । उनले लकडाउनको कठिन प्रस्थीतिमा पनि मेसिन खरिद गर्न सफल भएको सुनाए । सो अवसरमा बरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले अस्पतालले मेसिन खरिदको प्रकृयाको वारेमा सवैलाई जानकारी गराएका थिए । कार्यक्रममा संघका उपसभापति रेशमबहादुर खड्का, सचिव एव खरिद गुणस्तर समितिका संयोजक सुरेन्द्र खड्का, संघका कोषाध्यक्ष श्यामप्रकास आचार्य, सहसचिव चिरञ्जीवि रिजाल, पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहलगायतले बोलेका थिए ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु