महानगरीय एक प्रहरीमा देखियो कोरोना

काठमाडौं, असार १२

ad

महानगरीय अपराध महाशाखामा कार्यरत एक प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

ad

२८-३० वर्षीय प्रहरीको कोरोना परीक्षण पोजिटिभ आएपछि उनीसँगै बस्ने करिब ३० जना प्रहरीलाई क्वारेन्टिनमा राखिएको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए।

ad

ट्रेसिङ गर्दा बढी सम्पर्कमा आएका पाँच जना छुट्टै र अन्य २५ जनालाई महाशाखा परिसरभित्रकै ब्यारेकमा क्वारेन्टिन बनाएर राखिएको छ।

ad

बिदामा खोटाङ गएका उनी लकडाउन खुकुलो भएपछि असार ७ गते काममा फर्किएका थिए।

‘बिदाबाट फर्किएर हामीले क्वारेन्टिनमा राखेका थियौं,’उनले भने,’आठ गते हामीले उहाँको स्वाब परीक्षणको लागि पठायौं हिजो रिपोर्ट आयो।’


उनको उपचार अहिले टेकु अस्पतालमा भइरहेको एसएसपी थापाले बताए।

यद्यपी महाशाखाको काम भने नरोकिएको उनले बताए।


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु