दाङ,१२ असार । दाङमा थप ७५ जनामा कोरोना संक्रमण देखिएको छ ।
शुक्रवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै दाङमा कोरोना संक्रमितको संख्या ४५५ पुगेको छ ।
संक्रमितहरु घोराही उपमहानगरपालिका–३१ जना, तुलसीपुर उपमहानगरपालिका ११ जना, बंगलाचुली गाउँपालिका १० जना, राजपुर गाउँपालिकाका १० जना, शान्तिनगर गाउँपालिका ६ जना, लमही नगपालिका ३ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३ जनामा कोरोना संक्रमण देखिएको छ ।