उपलब्ध छैन उपत्यकाकै यकिन पीसीआर परीक्षण तथ्यांक

काठमाडौँ — औपचारिक रुपमा काठमाडौं उपत्यकामा बसोबास गर्ने कति व्यक्तिको पीसीआर विधिबाट कोरोनाभाइरस परीक्षण गरियो भन्ने तथ्यांक कुनै पनि निकायसँग दुरुस्त अवस्थामा नरहेको भेटिएको छ ।

ad

लकडाउनको ५२ औं दिन बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म काठमाडौं उपत्यकामा बसोबास गर्ने करिब १६ सय ५० जनाको पीसीआर विधिबाट परीक्षण भएको जानकारी आफूलाई दिइएको बताए ।

ad

‘बिहान प्रेजेन्टेसन हुँदा दिइएको तथ्यांक यही हो,’ उनले भने, ‘बाँकी त मलाई पनि जानकारी छैन । इपिडिमियोलोजिले नै दिएको तथ्यांक हो । यति नै होला ।’

ad

विज्ञहरुले सुरुको दिनदेखि नै धेरैभन्दा धेरै परिक्षण हुनुपर्ने बताउँदै आए पनि सबैभन्दा धेरै मानिस बसोबास गर्ने काठमाडौं उपत्यकामै कतिजनाको परीक्षण भयो भन्ने यकिन तथ्यांक उपलब्ध छैन । मन्त्रालय, विभाग, महाशाखा तथा प्रदेशको सामाजिक विकास मन्त्रालयसँग भएका तथ्यांकहरु नै एकआपसमा मेल खाँदैनन् ।

ad

तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु